Wednesday, 7 November 2012
Saturday, 22 September 2012
तिमीलाई सम्झने यो मनले बेहाल बनायो
तिमीलाई सम्झने यो मनले बेहाल बनायो
बगेर आसु मन भित्रै मेरो ताल बनायो ।

लाग्छ यो ज्यान अडिएछ तिम्रै मायामा
याद्ले नै तिम्रो छचल्किने छाल बनायो ।
दौडन्थे म निकै खै के भयो आजकल
संगतले तिम्रै मेरो सुस्त चाल बनायो ।
बाटो पनि अल्मलिन्छ कुन्नी किन हो
अल्झाएर तिम्रै मायालेनै झाल बनायो ।
बुझ्नै नसकिने यो माया कस्तो हो
मलाई बाध्ने त्यहि एउटा जाल बनायो ।
रेशम श्रेष्ठ
हुवाश्-३, पर्वत ।
Tuesday, 18 September 2012
बाबु र ससुरा दुई पिता
बाबुको मुख हेर्ने पर्व हामी हरेक वर्ष मनाउँछौं -यसपटक भदौ १ गते) । सम्भव भएसम्म आफ्ना बुबालाई भेट्न केही उपहार र खानेकुरा लिएर जाने र उहाँको सु-स्वास्थ्य एवं दीर्घायुको कामना गर्ने चलन छ । यो पर्वले पारिवारिक सम्बन्धमा प्रेम अझ बढाउने र नवीकरण गर्ने काम गर्छ ।
सामान्यतया नारीहरूको जीवनमा दुईवटा पिताको अभिभावकत्व हुन्छ । एउटा जन्म दिने र अर्को कर्म दिने । एउटा विवाहअघिको र अर्को विवाहपछिको । एउटा बुबाको घरमा जन्म हुन्छ अर्को बुबाको घरमा मृत्यु हुन्छ । जन्म दिने बुबाले गरेका कर्तव्यभन्दा कम हुँदैनन् कर्म दिने बुबाले गरेका कतिपय कर्तव्य । हामी आधाभन्दा कम जीवन मात्र बिताउँछौं जन्म दिने बुबाको घरमा, आधाभन्दा बढी जीवन कर्म दिने बुबाको घरमा बिताउँछौं । हाम्रो परम्परा र चलनअनुसार छोरीलाई हरेक बाबुआमाले पराइ घर जाने सामान सम्झन्छन् तर छोरालाई भने वंश चलाउने सन्तान र वृद्धावस्थाको सहारा मानिन्छ ।
हामीलाई जन्माउने-हुर्काउने एवं पढाउने बुबाआमालाई हामी वर्षमा तीन-चार पटक भेट्न जान्छौं । माइती जाँदा आफ्ना बूढाबूढी आमाबाबुलाई दाजु-भाउजू एवं भाइ-बुहारीले राम्रो स्याहार नगरेको देख्यौं भने, समयमा उपचार नगरेको सुन्यौं भने मीठो नबोलेको थाहा पायौं भने अत्यन्त दुःख लागेर आउँछ तर यो सब देखेर पनि हामी चुपचाप बस्नुपर्ने बाध्यतामा हुन्छौं किनभने हामी त्यही घरमा भाउजू र बुहारीभन्दा पराइ भैसकेख का हुन्छौं । हामी एकदिन भनेर के गर्ने छुच्चो मात्र भइन्छ भनेर डराउँछौं । दाजु-भाउजू वा भाइ-बुहारीको मन दुख्ला भनेर भरसक केही बोल्दैनांै । दाजुभाइ तथा भाउजू-बुहारीको मन दुखाएर फर्कियौं भने भोलि फेरि सुन्नु र सहनु तिनै बुबाआमाले हो । त्यसैले हामी बाबुको मुख हेर्ने पर्वमा उनका खुसी, दुःख, आनन्द अनि पीडा हेर्छौं र र्फकन्छांै ।
Wednesday, 12 September 2012
तिम्रै यादमा घुट्की नशाको पिएर बस्दैछु
तिम्रै यादमा घुट्की नशाको पिएर बस्दैछु
तिम्रै प्रतिक्षामा म त आफै खिएर बस्दैछु ।
खुशीको बाहार ल्याउछु तिम्रै लागि भन्दै
सबैसबै पिडाहरू आफैसँग लिएर बस्दैछु ।
जीवन बित्दैछ मरुभुमीमा बनेर बन्दकी
रगत पसिना अर्कैको लागि दिएर बस्दैछु ।
साथ् तिम्रो भयो केबल आफ्नै कल्पनामा
दिनहरू ती मिलनका सम्झिएर बस्दैछू ।
गाह्रोरहेछ् यो जिन्दगी जिउनलाई एक्लै
टुक्रिएको मुटु मेरो आफै सिएर बस्दैछु ।
रेशम श्रेष्ठ
हुवाश्-३, पर्वत ।
Sunday, 9 September 2012
दुई अलग ग्रहका प्राणी स्त्री र पुरुष
रोजिन शाक्य
Thursday, 6 September 2012
बगैचामा तिमीसंगै फूल्ने मन छ मेरो
बगैचामा तिमीसंगै फूल्ने मन छ मेरो
झुमेर तिम्रै नशामा भुल्ने मन छ मेरो ।
सारा मनका मेरा सूखदु:ख हरूलाई
तिम्रै अगाडि आएर खुल्ने मन छ मेरो ।
भ्याउनुछ घुमेर संसार यो धेरै छ
यात्री बनेर तिमीसंगै डुल्ने मन छ मेरो ।
पाएपछी तिमिलाई हराउछ भोक प्यास
बनेर तिम्रै मिठो निद्रा झुल्ने मन छ मेरो ।
रेशम श्रेष्ठ
हुवाश्-३, पर्वत
सारा मनका मेरा सूखदु:ख हरूलाई
तिम्रै अगाडि आएर खुल्ने मन छ मेरो ।
भ्याउनुछ घुमेर संसार यो धेरै छ
यात्री बनेर तिमीसंगै डुल्ने मन छ मेरो ।
पाएपछी तिमिलाई हराउछ भोक प्यास
बनेर तिम्रै मिठो निद्रा झुल्ने मन छ मेरो ।
रेशम श्रेष्ठ
हुवाश्-३, पर्वत
Tuesday, 4 September 2012
मनमै देवता हुने भए मन्दिर धाउनु के को लागि
मनमै देवता हुने भए मन्दिर धाउनु के को लागि
सुनकै महल भेटेदेखी झुप्रो छाउनु के को लागि ।
सूख मात्रै हुनेथ्यो त बिबस यो जिन्दगीमा
सधैं सधै दुख मात्रै पाउनु के को लागि ।
मनको पिडा सुनिदिने भेटिएन कोहि यहाँ
रोएर जतिबेलै गीत गाउनु के को लागि ।
भित्रभित्रै दुख्छ मनमा पोल्छ पनि कताकता
बाहिरै घाऊ देखाएर मलम लाउनु के को लागि ।
छोड्दैछन सबै आफ्नाहरू भन्नेले पनि
पिडा मात्रै दिनु छ भने आउनु के को लागि ।
रेशम श्रेष्ठ
हुवाश्-३, पर्वत ।
श्रीमतीले नै सघाए श्रीमानलाइ बलात्कार गर्न !
दुईवटी श्रीमती घरमै राखेर पनि आफ्नो यौनतिर्खा मेट्नका लागि एक पन्ध्र वर्षीया किशोरीलाई सिकार गरे । त्यो पनि पटक–पटक उनकै घरमा घुसेर, परिवारकै सामुन्ने पनि । यी ब्यक्ती हुन ललितपुर हरिसिद्धि–१ का राजु महर्जन । ६ महिनादेखि आफ्नै गाउँकी १५ वर्षीया महिमा श्रेष्ठ (नाम परिवर्तन) किशोरीलाई बलात्कार गर्दै आएका मर्हजनलाई हाल प्रहरीले पक्राउ गरेको छ । महिमाका परिवारलाई विभिन्न धम्की दिएर उनले यौनप्यास मेट्दै आएका थिए । यस काममा महर्जनका श्रीमतीहरूले समेत आफ्नो श्रीमान्लाई सघाएको पीडित परिवारले बताएको छ ।
‘राजु घरमै आएर ढोका भत्काउन खोज्थ्यो,’ महिमाकी आमाले भनिन्, ‘खबर बाहिर गए परिवारका सबैलाई सिध्याउने धम्की दिन्थ्यो । आँखैअगाडि सबै कुरा हुँदा पनि कसैलाई भन्न सकेनौँ ।’
महानगरीय प्रहरी परिसर ललितपुरले आइतबार पीडितको मौखिक उजुरीका आधारमा राजुलाई पक्राउ गरेको हो । पीडितले किटानी जाहेरी दिए पनि प्रहरीले दर्ता गरेको छैन । राजुलाई अहिले अनुसन्धानका लागि हिरासतमा राखिएको छ । स्थानीय सरकारी विद्यालयमा कक्षा सातमा पढ्ने महिमा अहिले एउटा बालगृहको संरक्षणमा रहेकी छिन् ।
उक्त राजुले गत वर्ष फागुन २८ गतेदेखि भदौ ९ गतेसम्म लगातार बलात्कार गर्दै आएको र यौन सम्पर्क गरेको भिडियो रेकर्डसमेत गरेका राजुले भिडियो गाउँभरि फैलाइदिने चेतावनी दिएको पनि बालिकाकी आमाले बताईन । सो भिडियो अहिले प्रहरीले लिएको पनि उनको भनाइ छ ।
महानगरीय प्रहरी परिसर ललितपुरका एसपी वसन्त पन्तले राजुलाई बालिका बलात्कार गरेको आरोपमा पक्राउ गरेको बताए । उनले भने, ‘बालिकासँग बयान लिँदा बलात्कार गरेको भनेकी छन्, ल्याब टेस्ट गर्न पठाएका छौँ, रिपोर्ट आएपछि सबै कुरा थाहा हुन्छ ।’
आफ्नो सम्पत्तिको आडमा गाउँमा रवाफ र दादागिरी जमाउँदै आएका राजुका दुई श्रीमती छन् । जेठी अम्बिका र कान्छी केशरी । राजुका दुवै श्रीमतीले आफ्नो घरको काम गर्न महिमालाई बोलाउने गर्थे । नाइँनास्ती गर्दा पनि केहीसीप लाग्दैनथ्यो । गत फागुन २८ गते कान्छी श्रीमती केशरी महिमालाई बोलाउन घरमै आइन् । महिमा विद्यालय जाने तयारीमा थिइन् । तर, केशरीले निकै कर गरेपछि उनी काम गर्न गइन् । घरको काम सकिएपछि केशरीले महिमालाई घर पठाइनन् ।उनका श्रीमान् राजुसँग घुम्न जाऊ भन्दै रेस्टुरेन्टतिर पो पठाइन् । महिमाकी आमाले भावुक हुँदै भनिन्, ‘मेरी छोरीलाई घर पठाउनुको सट्टा साउनीले त उनकै श्रीमान्सँग रेस्टुरेन्टतिर पो पठाइछन् ।’
Saturday, 1 September 2012
लभलेटर/केकी अधिकारी (नायिका)
मेरो बुवा बद्री अधिकारी पेसाले कलाकार-निर्देशक भए पनि उहाँको आफ्नो विद्यालय पनि छ। बुवाले त्यसको व्यवस्थापन हेर्नुहुन्छ भने ममी त्यसको प्रिन्सिपल हुनुहुन्छ। अरूको तुलनामा हाम्रो विद्यालय अनुशासनमा निकै कडा मानिन्छ। प्रिन्सिपलदेखि सबै विद्यार्थी थर्कमान हुन्छन्। म त्यही विद्यालयकी विद्यार्थी भएकाले मलाई घरमै विद्यालयको अनुशासनका सम्बन्धमा सम्झाइन्थ्यो। म विद्यालयमा प्रिन्सिपल म्यामकी छोरी हुँ भन्नेसम्म बिर्सन्थे।
Thursday, 30 August 2012
आज एउटा मेरै गीत, गाउदैछु म
आज एउटा मेरै गीत, गाउदैछु म
लागेर तिम्रै पछिपछि, धाउदैछु म ।
खुशी छू धेरै पाएर साथ् तिम्रो
नजानेनी माया प्रिती, लाउदैछु म ।
थाहा थिएन अर्थ केही जीन्दगीको
तिमी आएर नयाँ जीवन,पाउदैछु म ।
खोज्दैछु तिम्रै खुसी भेटाउलानी भनी
संगै हिंड्ने बाटो हाम्रो, बनाउदैछु म ।
तड्पि बस्दा धेरैकुरा खेल्छ मनभरी
तिम्रो मेरो दुरी मेट्न, आउदैछु म ।
रेशम श्रेष्ठ
हुवाश्-३, पर्वत ।
खुशी छू धेरै पाएर साथ् तिम्रो
नजानेनी माया प्रिती, लाउदैछु म ।
थाहा थिएन अर्थ केही जीन्दगीको
तिमी आएर नयाँ जीवन,पाउदैछु म ।
खोज्दैछु तिम्रै खुसी भेटाउलानी भनी
संगै हिंड्ने बाटो हाम्रो, बनाउदैछु म ।
तड्पि बस्दा धेरैकुरा खेल्छ मनभरी
तिम्रो मेरो दुरी मेट्न, आउदैछु म ।
रेशम श्रेष्ठ
हुवाश्-३, पर्वत ।
Wednesday, 29 August 2012
तिम्रै लागि देवीदेउता भाकेर बसे
तिम्रै लागि देवीदेउता भाकेर बसे
तिम्रो चिनो रुमाल साथमा राखेर बसे ।
झल्को तिम्रो धेरैधेरै आउँदा मनभरी
तस्बिर तिम्रो यहि हातले छामेर बसे ।
सपनिमा आउछौ तिमी साथ जतिखेर
उज्यालो त्येही बिपनीलाई डाकेर बसे ।
हुन्छौ तिमी जतिखेरै मन्को मझेरीमा
तिम्रै लागि रहर मेरो साचेर बसे ।
मनमुटु तिम्रै नाममा अर्पेको छू मैले
देख्दिन तिम्रो गल्तिहरू राम्रै ठानेर बसे ।
रेशम श्रेष्ठ ।
हुवाश्-३, पर्बत ।
तिम्रो चिनो रुमाल साथमा राखेर बसे ।
झल्को तिम्रो धेरैधेरै आउँदा मनभरी
तस्बिर तिम्रो यहि हातले छामेर बसे ।
सपनिमा आउछौ तिमी साथ जतिखेर
उज्यालो त्येही बिपनीलाई डाकेर बसे ।
हुन्छौ तिमी जतिखेरै मन्को मझेरीमा
तिम्रै लागि रहर मेरो साचेर बसे ।
मनमुटु तिम्रै नाममा अर्पेको छू मैले
देख्दिन तिम्रो गल्तिहरू राम्रै ठानेर बसे ।
रेशम श्रेष्ठ ।
हुवाश्-३, पर्बत ।
Monday, 27 August 2012
संसारलाई उज्यालो दिन आफै बलेर के पायौ

दुनियालाई खरानी बनाउन आफै जलेर के पायौ ।
सुन्दर यो संसारको महत्व बुझिनौ तिमिले
आफ्नै समस्या लुकाएर सबैलाई छलेर के पायौ ।
जीवन एउटा फूल हो फुलाउनु पर्छ सबैले
सानो बोट तिमी एउटा आफै ढलेर के पायौ ।
हिड्नु थियो धेरै लामो बाटो जिन्दगीको
आधी बाटो नहिड्दै बिचैमा चलेर के पायौ ।
रेशम श्रेष्ठ
हुवाश - ३, पर्वत ।
आफ्नो हात हेर्नुस्, भाग्य जान्नुहोस्

जान्नुहोस् तपाईको औलाले के बताउँछ ?
ज्योतिषका अनुसार तपाईको चोर औलाको तलको भाग, जसलाई गुरु पर्वत या गुरुको औला पनि भनिन्छ, ले व्यक्तिको नेतृत्व क्षमता, महत्वकांक्षा आदिको बारेमा जान्न सकिन्छ ।
Sunday, 26 August 2012
एसएमएस अरूले हेर्लान् नि !
काठमाडौं, भाद्र ११ - मोबाइलबाट एसएमएस गरी कुनै गोप्य सन्देश आदानप्रदान गर्न थाल्नु भएको छ भने एकचोटि सोच्नुस् । तपाईंको सन्देशको गोपनीयता नरहन सक्छ । तपाइर्ंले सेयर गर्नु भएको खबर थाहा पाउन नहुनेकहाँ पुग्न कत्ति बेर छैन ।
न्यायाधीश रणबहादुर बम हत्याको अनुसन्धान गर्न बनाइएको टोलीले ५ लाखवटा फोनको कल डिटेल र ३० हजारवटाको एसएमएस डिटेल लिएको थियो । प्रहरीले बम हत्याको कुनै सुराक पत्ता लगाउन नसकेपछि यसरी ठूलो संख्यामा कल/ एसएमएस डिटेल रिपोर्ट (सीडीआर) लिएको थियो । तर पनि प्रहरीले बम हत्याको त छेउटुप्पो थाहा पाउन सकेको छैन । तर एसएसएम डिटेलमा आदानप्रदान भएका सन्देश केही प्रहरीका लागि मनोरन्जन गर्ने साधन भएको छ । बेलुकीपख वरिष्ठ अधिकृतहरू कार्यालयबाट बाहिरिएपछि प्रहरी कनिष्ट अधिकृतहरू महानगरीय प्रहरी आयुक्तको कार्यालयमा बनाइएको अनुसन्धान कक्षमा जम्मा भएर एसएमएस पढ्छन् । सम्बद्ध स्रोतका अनुसार प्रेम र यौन सम्बन्धसँग जोडिएका एसएमएस सन्देश खुवै पढिने गरेको छ । यसबाहेक व्यापारिक डिल पनि रोचक हुने गरेको छ ।
Saturday, 25 August 2012
'रात बिताउन लाखको अफर आयो'

सुष्मा कार्की राम्री कि हट ?
आफ्ना बारेमा के कमेन्ट गरौं, त्यो त अरूले गर्ने हो।
तैपनि ?
दर्शकका लागि हट, मलाई चिन्नेहरूका लागि चुलबुली प्यारी सुष्मा।
यसरी दोहोरो चरित्र निर्वाह गर्न पाइन्छ त ?
Thursday, 23 August 2012
यौनको रहस्य खुल्दै

दुई मन मिल्ने स्त्री-पुरुषबीच यौन क्रीडाको क्रममा प्राप्त हुने सीमाविहीन सुखको अनुभूतिले मिलनलाई सफल बनाउनुका साथै थुप्रै प्रकारका शारीरिक एवं मानसिक रोगबाट पनि मुक्त राख्ने गरेको विज्ञहरू बताउँछन् । यौन सन्तुष्टिको अभावमा थुप्रै खाले रोग र मानसिक विकृति उत्पन्न हुने स्पेनका विशेषज्ञ मगडालेना सालामांसाले बीबीसीलाई बताइन् । 'यो महत्त्वपूर्ण पक्ष हो किनकि शारीरिक एवं मानसिक तृप्ति यसको लक्ष्य हो,' उनले भनिन् ।
उनको अनुसार धेरैखाले सामाजिक एवं पेसागत समस्या यौन असन्तुष्टिसँग जोडिएको हुन्छ । चिन्ता र तनाव पनि यौन मा शिखर आनन्दको प्राप्ति नहुँदा देखिने मानसिक विकृति भएको उनी बताउँछिन् । मानसिक रूपले सामना गर्नुपर्ने समस्याको सम्बन्ध प्रत्यक्ष वा अप्रत्यक्ष रूपले यही यौन सुखसँग जोडिएको मनोवैज्ञानिक अना लुना बताउँछिन् ।
केही महिनाअघि अमेरिकाको न्युजर्सीको रटगर्स विश्वविद्यालयका वैज्ञानिकले यौन क्रीडाको अन्तिम क्षणमा मस्तिष्कको ८० भिन्न भाग सक्रिय भएको पत्ता लगाए । 'एकअर्कामा पूर्णतः समर्पित भएर इमान्दारीपूर्वक राखिने सम्बन्धले रगतमा अक्सिजनको मात्रा बढाउँछ, रक्त प्रवाहमा सुधार आएर हरेक अंगमा पुग्ने गर्छ,' अनाले भनिन् ।
यो आधारमा शारीरिक र मानसिक स्वास्थ्यको यौन क्रियाका क्रममा महसुस हुने चरम सन्तुष्टिसँग प्रत्यक्ष सम्बन्ध रहेको प्रस्ट हुन्छ । स्वस्थ व्यक्तिको जीवनको महत्त्वपूर्ण भागको रूपमा यौन तृप्तिलाई लिन सकिने अना बताउँछिन् । यसको अभावमा व्यक्तिमा रिस, उदासी र सन्काहा स्वभावको विकास हुन्छ ।
विभिन्न कारणले यौन सन्तुष्टि नपाएका र यसबाट टाढिने व्यक्ति सहज रूपले हाँस्न पनि सक्दैन । यौन खुसी नपाएका महिला-पुरुषले मुस्काउने प्रयास गर्दा अनुहारमा कठोरता र कृत्रिमता छर्लङ्गै देखिन्छ । यौन मनोवैज्ञानिकहरूका अनुसार यस्ता व्यक्ति सम्बन्धलाई राम्रो बनाउन भित्री सुख र आत्मसन्तुष्टिमा जोड दिनुभन्दा समाजमा पहिरन, मेकअप र शरीरको प्रदर्शन गरेर अरूभन्दा फरक देखिन खोज्छन् ।
'स्वस्थ यौन जीवनको महत्त्व, रस र स्वाद नुबझेका यस्ता महिला-पुरुषहरू अंगुर खान नपाएपछि अमिलो भन्ने प्रवृत्तिका हुन्छन्,' मनोवैज्ञानिकहरू भन्छन्, 'सम्पत्ति, साधनस्रोत, पहुँच र सुन्दर शरीर हुँदा पनि इमान्दारीपूर्वक यौन ेच्छालाई स्विकारेर यसबाट आनन्द
लिन नसक्ने व्यक्तिहरू कुण्ठा र नकारात्मक सोचबाट ग्रस्त हुन्छ ।' उनीहरूको अरू
व्यक्तिको खुसी र प्रगतिलाई समेत ईष्र्या गर्ने खालको हुने गरेको विज्ञहरू बताउँछन् । यौन सूत्र वा ज्ञानलाई नबुझेका दम्पती र जोडीहरूको जीवन आडम्बर र नक्कलीपनाबाट सुरु भएर यसमै अन्त्य हुने गरेको देखिएको उनीहरू बताउँछन् । उनीहरूले बेलैमा सचेत भएर वास्तविकतालाई स्विकारेर यौन जीवनको भरपुर आनन्द लिने सुझाव दिन्छन् ।
राष्ट्रपतिले आफ्नो नेतृत्वमा सरकार बनाउनु पर्छः विजुक्छे

रिपोर्टर्स क्लब नेपालको अगुवाईमा गएका पत्रकारहरुको टोलीसँगको भेटमा विजुक्छेले दलहरुसँग छलफल गरेर राष्ट्रपतिले आफ्नै नेतृत्वमा सरकार गठन गर्नु पर्ने धारणा राख्नुभयो ।
अहिले समन्वयकारी शक्तिको रुपमा मुलुकमा ‘मिटिङ पोईन्ट’ राष्ट्रपति भएको भन्दै उहाँले सहमति गर्न नसकने प्रधानमन्त्रीलाई घोक्रयाएर निकाल्नु पर्ने बताउनु भयो । प्रधानमन्त्री भट्टराई नेतृत्वको सरकार जति लामो समय रहन्छ त्यति नै मुलुकका लागि दुर्भाग्य हुने चेतावनी दिदै उहाँले त्यसबाट मुलुकलाई जोगाउने एक मात्र उपाय राष्ट्रपति शासन भएको जिकिर गर्नुभयो । नेमकिपाका अध्यक्ष विजुक्छेले भन्नुभयो-’राष्ट्रपति यसरी चुप लागेर बस्न मिल्दैन । अब कदम चाल्नु पर्छ ।’
संविधानसभा विघटन गराएर अध्यादेशबाट शासन सञ्चालन गर्ने र सत्ता कब्जा गर्ने रणनीतिका साथ माओवादी आगाडि बढेको दावी गर्दै उहाँले राष्ट्रपतिले हस्तक्षेप गर्नु पर्ने बताउनु भयो । उहाँले जनतालाई दुःख नदिने गरी बालुवाटार घेरेर प्रधानमन्त्रीलाई काम गर्न नदिन आब्हान गर्नुभयो ।
माओवादीलाई भारतको ‘ट्रोजन हर्स’को संज्ञा दिदै विजुक्छेले भारतको सहयोगमा जनयुद्ध गरेका माओवादीले अहिले पनि भारतकै हितमा काम गरिरहेको आरोप लगाउनु भयो । ‘जनयुद्धको बेला भारतबाट ट्रकमा हालेर हतियार ल्याएको ड्राईभरलाई मैले नै भेटेको थिए । प्रचण्डलाई भेटदा पहिलो पटक दिल्लीको संसद छेउकै होटलमा भारतीयहरुले नै भेटाएका थिए । दोस्रो पटक पन्जाबमा भेटिएका थिए’ नेमकिपा अध्यक्ष विजुक्छेले भन्नुभयो-’भारतको समर्थन नभएको भए प्रचण्ड त्यसरी बस्नै सक्दैन थिए ।’
तिम्रै जित हुन्छ भने, मै हारिदिउला के भो त

तिम्रो यादमा दुइथोपाआँशु, झारिदिउला के भो त
बढ्नु अगाडि धेरै धेरै, शुभकामना मेरो तिमिलाई
मेरा रहर ईच्छाहरू चिचिलामै मारिदिउला के भो त
रोएर मै तिम्रो जिन्दगीमा, खुशी छाउछ भने
आफैलाई म बियोगमा, पारिदिउला के भो त
सहन्छु ब्य्थाहरू जतिसुकै, दिएपनी तिमिले
खुशीहरू भएजती तिमितिरै सारिदिउला के भो त
अर्थ छैन् जीवनको तिमिबिना जिउनु पर्दा
पागलको नाटक गरि टारिदिउला के भो त
रेशम श्रेष्ठ
हुवाश-३, पर्बत ।
दिनहरू मेरो तिम्रै यादमा जलेर गयो

बिर्सेछैन अझै भन्दै छलेर गयो ।
उर्लेको कल्कलाउदो जवानी त्यो देख्दा
मेरै बिगतलाई फेरि अझै मलेर गयो ।
पलहरू तिमीसँगको थियो अती मिठो
अल्मलायो समयले अब ढलेर गयो ।
हिड्दै थिए म एक्लै यो जिन्दगीमा
दौडेर मेरो जीवन आफै चलेर गयो ।
चाहान्थे म सधैभरी मिठो साथ् तिम्रो
पर्खिएन ती दिनले पनि टलेर गयो ।
रेशम श्रेष्ठ
हुवाश-३, पर्बत ।
Wednesday, 22 August 2012
अन्याय भयो' भन्दै खड्का जेल गए
काठमाडौं, भाद्र ६ - पूर्व गृहमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य खुमबहादुर खड्का बुधबार जेल चलान भएका छन् ।
सर्वोच्चले भ्रष्टाचारी फैसला गरेको एक सातापछि खड्का आफै अदालतमा उपस्थित भएर फैसला स्वीकार गरे । यद्यपी पूर्वमन्त्री खड्काले आफूमाथि अन्याय भएको पटक पटक दोहोर्याए । 'मलाई अन्याय भएको छ,' काठमाडौं जिल्ला अदालतमा धरौटीबापतको ७५ लाख ८९ हजार रुपैयाँ नगद बुझाएपछि जेल जानेबेला सञ्चारकर्मीसँग खड्काले भने ।
खड्काले सर्वोच्चको फैसलामा आफ्नो विमत्ति रहे पनि कानुनी राज्यलाई सम्मान गर्न आफैं अदालत आएको बताए । 'मेरो राजनीतिक भविष्य दुई न्यायाधीशको फैसलाले निर्धारण गर्दैन,' उनको भनाइ थियो, 'म तीन करोड जनताको फैसलामात्रै स्वीकार्छु ।'
खड्काले सर्वोच्चको फैसलाविरुद्ध हुने पुनरावलोकनमा आफूमाथि न्याय हुने विश्वास व्यक्त गरे । कार्यकर्ताको ठूलै दलबलसहित जिल्ला अदालत आएका उनले २० प्रतिशत धरौटी छुट कटाएर ७५ लाख ८९ हजार रुपैयाँ बुझाए । झोलामा नगद लिएरै उपस्थित उनले धरौटीको रकम जिल्ला जिल्लाका कार्यकर्ताले सहयोग दिएको उल्लेख गरे ।
३० साउनमा सर्वोच्चका न्यायाधीशद्वय कल्याण श्रेष्ठ र वैद्यनाथ उपाध्यायको इजलासले खड्कालाई भ्रष्टाचार गरेको अभियोगमा डेढ वर्ष कैद र ९४ लाख ७५ हजार रुपैयाँ जरिवाना, त्यही बराबरको बिगो र त्यसले बढेबढाएको सम्पत्ति जफत गर्ने फैसला गरेको थियो ।
धरौटीसहित खड्काले कैदमा पनि २० प्रतिशत छुट पाएका छन् । अदालतबाट फैसला भएको ६० दिनभित्र अभियुक्त स्वयं अदालतमा उपस्थित भए २० प्रतिशत सजाय माफी हुने कानूनी व्यवस्था छ । उनले १८ लाख ९४ हजार रुपैयाँ छुट पाएका छन् भने जेल पनि एक वर्ष २ महिना ९ दिनमात्रै बस्नुपर्नेछ । २०७० साल कात्तिक १४ गते खड्का रिहा हुनेछन् ।
Subscribe to:
Posts (Atom)