Showing posts with label News. Show all posts
Showing posts with label News. Show all posts

Tuesday, 11 June 2013

Jiya Khans suicide note found

Police investigations have found the suicide notes of Jiya Khan, the actress who suicided in 3rd june . The suicide note was found in the next aparment near to the where she used to stay. The suicide note is 6 pages longer. She have blamed Sooraj Pancholi, son of actors Aditya Pancholi and Zarina Wahab. Sooraj has been now arrested and in investigation now. Jiya Khan was supposed to be dating Sooraj for 1 years long. 
Here we are presenting 6 papers long suicide note.
The Suicide note explains

Tuesday, 4 September 2012

श्रीमतीले नै सघाए श्रीमानलाइ बलात्कार गर्न !


१९ भदौ, काठमाडौ । घरमा दुइवटी श्रीमती भएर पनि  १५ बर्षकी किशोरीलाइ कसैलाई भने मारिदिन्छु भन्दै धम्क्याएर बलात्कार गरेका छन  ललितपुर हरिसिद्वीका एक यौन पिपासुले ।
दुईवटी श्रीमती  घरमै राखेर पनि आफ्नो यौनतिर्खा मेट्नका लागि  एक पन्ध्र वर्षीया किशोरीलाई सिकार गरे । त्यो पनि पटक–पटक उनकै घरमा घुसेर, परिवारकै सामुन्ने पनि । यी ब्यक्ती हुन  ललितपुर हरिसिद्धि–१ का राजु महर्जन ।  ६ महिनादेखि आफ्नै गाउँकी १५ वर्षीया महिमा श्रेष्ठ (नाम परिवर्तन) किशोरीलाई बलात्कार गर्दै आएका  मर्हजनलाई हाल प्रहरीले पक्राउ गरेको छ । महिमाका परिवारलाई विभिन्न धम्की दिएर उनले यौनप्यास मेट्दै आएका थिए । यस काममा महर्जनका श्रीमतीहरूले समेत आफ्नो श्रीमान्लाई सघाएको पीडित परिवारले बताएको छ ।
‘राजु घरमै आएर ढोका भत्काउन खोज्थ्यो,’ महिमाकी आमाले भनिन्, ‘खबर बाहिर गए परिवारका सबैलाई सिध्याउने धम्की दिन्थ्यो । आँखैअगाडि सबै कुरा हुँदा पनि कसैलाई भन्न सकेनौँ ।’
महानगरीय प्रहरी परिसर ललितपुरले आइतबार पीडितको मौखिक उजुरीका आधारमा राजुलाई पक्राउ गरेको हो । पीडितले किटानी जाहेरी दिए पनि प्रहरीले दर्ता गरेको छैन । राजुलाई अहिले अनुसन्धानका लागि हिरासतमा राखिएको छ । स्थानीय सरकारी विद्यालयमा कक्षा सातमा पढ्ने महिमा अहिले एउटा बालगृहको संरक्षणमा रहेकी छिन् ।
उक्त राजुले गत वर्ष फागुन २८ गतेदेखि भदौ ९ गतेसम्म लगातार बलात्कार गर्दै आएको र यौन सम्पर्क गरेको भिडियो रेकर्डसमेत गरेका राजुले भिडियो गाउँभरि फैलाइदिने चेतावनी  दिएको पनि बालिकाकी आमाले बताईन ।  सो भिडियो अहिले प्रहरीले लिएको पनि उनको भनाइ छ ।
महानगरीय प्रहरी परिसर ललितपुरका एसपी वसन्त पन्तले राजुलाई बालिका बलात्कार गरेको आरोपमा पक्राउ गरेको बताए । उनले भने, ‘बालिकासँग बयान लिँदा बलात्कार गरेको भनेकी छन्, ल्याब टेस्ट गर्न पठाएका छौँ, रिपोर्ट आएपछि सबै कुरा थाहा हुन्छ ।’
आफ्नो सम्पत्तिको आडमा गाउँमा रवाफ र दादागिरी जमाउँदै आएका राजुका दुई श्रीमती छन् । जेठी अम्बिका र कान्छी केशरी । राजुका दुवै श्रीमतीले आफ्नो घरको काम गर्न महिमालाई बोलाउने गर्थे । नाइँनास्ती गर्दा पनि केहीसीप लाग्दैनथ्यो । गत फागुन २८ गते कान्छी श्रीमती केशरी महिमालाई बोलाउन घरमै आइन् । महिमा विद्यालय जाने तयारीमा थिइन् । तर, केशरीले निकै कर गरेपछि उनी काम गर्न गइन् । घरको काम सकिएपछि केशरीले महिमालाई घर पठाइनन् ।उनका श्रीमान् राजुसँग घुम्न जाऊ भन्दै रेस्टुरेन्टतिर पो पठाइन् । महिमाकी आमाले भावुक हुँदै भनिन्, ‘मेरी छोरीलाई घर पठाउनुको सट्टा साउनीले त उनकै श्रीमान्सँग रेस्टुरेन्टतिर पो पठाइछन् ।’

Thursday, 23 August 2012

यौनको रहस्य खुल्दै


म्याड्रिड (एजेन्सी), श्रावण ३१ -  'मस्तिष्कमा अद्भुत तरंग उत्पन्न हुन्छ । वरिपरि तिहारको झैं झिलिमिली दृश्यको देखिन थाल्छ ।' यौन सम्बन्धको क्रममा चरम आनन्द प्राप्त हुँदाको स्थितिलाई बखान गर्न वैज्ञानिक र शोधकर्ताले यस्तै वाक्यांशको प्रयोग गर्छन् ।
दुई मन मिल्ने स्त्री-पुरुषबीच यौन क्रीडाको क्रममा प्राप्त हुने सीमाविहीन सुखको अनुभूतिले मिलनलाई सफल बनाउनुका साथै थुप्रै प्रकारका शारीरिक एवं मानसिक रोगबाट पनि मुक्त राख्ने गरेको विज्ञहरू बताउँछन् । यौन सन्तुष्टिको अभावमा थुप्रै खाले रोग र मानसिक विकृति उत्पन्न हुने स्पेनका विशेषज्ञ मगडालेना सालामांसाले बीबीसीलाई बताइन् । 'यो महत्त्वपूर्ण पक्ष हो किनकि शारीरिक एवं मानसिक तृप्ति यसको लक्ष्य हो,' उनले भनिन् ।
उनको अनुसार धेरैखाले सामाजिक एवं पेसागत समस्या यौन असन्तुष्टिसँग जोडिएको हुन्छ । चिन्ता र तनाव पनि यौन मा शिखर आनन्दको प्राप्ति नहुँदा देखिने मानसिक विकृति भएको उनी बताउँछिन् । मानसिक रूपले सामना गर्नुपर्ने समस्याको सम्बन्ध प्रत्यक्ष वा अप्रत्यक्ष रूपले यही यौन सुखसँग जोडिएको मनोवैज्ञानिक अना लुना बताउँछिन् ।

केही महिनाअघि अमेरिकाको न्युजर्सीको रटगर्स विश्वविद्यालयका वैज्ञानिकले यौन क्रीडाको अन्तिम क्षणमा मस्तिष्कको ८० भिन्न भाग सक्रिय भएको पत्ता लगाए । 'एकअर्कामा पूर्णतः समर्पित भएर इमान्दारीपूर्वक राखिने सम्बन्धले रगतमा अक्सिजनको मात्रा बढाउँछ, रक्त प्रवाहमा सुधार आएर हरेक अंगमा पुग्ने गर्छ,' अनाले भनिन् ।
यो आधारमा शारीरिक र मानसिक स्वास्थ्यको यौन क्रियाका क्रममा महसुस हुने चरम सन्तुष्टिसँग प्रत्यक्ष सम्बन्ध रहेको प्रस्ट हुन्छ । स्वस्थ व्यक्तिको जीवनको महत्त्वपूर्ण भागको रूपमा यौन तृप्तिलाई लिन सकिने अना बताउँछिन् । यसको अभावमा व्यक्तिमा रिस, उदासी र सन्काहा स्वभावको विकास हुन्छ ।
विभिन्न कारणले यौन सन्तुष्टि नपाएका र यसबाट टाढिने व्यक्ति सहज रूपले हाँस्न पनि सक्दैन । यौन खुसी नपाएका महिला-पुरुषले मुस्काउने प्रयास गर्दा अनुहारमा कठोरता र कृत्रिमता छर्लङ्गै देखिन्छ । यौन मनोवैज्ञानिकहरूका अनुसार यस्ता व्यक्ति सम्बन्धलाई राम्रो बनाउन भित्री सुख र आत्मसन्तुष्टिमा जोड दिनुभन्दा समाजमा पहिरन, मेकअप र शरीरको प्रदर्शन गरेर अरूभन्दा फरक देखिन खोज्छन् ।
'स्वस्थ यौन जीवनको महत्त्व, रस र स्वाद नुबझेका यस्ता महिला-पुरुषहरू अंगुर खान नपाएपछि अमिलो भन्ने प्रवृत्तिका हुन्छन्,' मनोवैज्ञानिकहरू भन्छन्, 'सम्पत्ति, साधनस्रोत, पहुँच र सुन्दर शरीर हुँदा पनि इमान्दारीपूर्वक यौन ेच्छालाई स्विकारेर यसबाट आनन्द
लिन नसक्ने व्यक्तिहरू कुण्ठा र नकारात्मक सोचबाट ग्रस्त हुन्छ ।' उनीहरूको अरू
व्यक्तिको खुसी र प्रगतिलाई समेत ईष्र्या गर्ने खालको हुने गरेको विज्ञहरू बताउँछन् । यौन सूत्र वा ज्ञानलाई नबुझेका दम्पती र जोडीहरूको जीवन आडम्बर र नक्कलीपनाबाट सुरु भएर यसमै अन्त्य हुने गरेको देखिएको उनीहरू बताउँछन् । उनीहरूले बेलैमा सचेत भएर वास्तविकतालाई स्विकारेर यौन जीवनको भरपुर आनन्द लिने सुझाव दिन्छन् । 

राष्ट्रपतिले आफ्नो नेतृत्वमा सरकार बनाउनु पर्छः विजुक्छे


७ भदौ, काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले राष्ट्रपतिले प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई बर्खास्त गरेर आफ्नै नेतृत्वमा सरकार गठन गर्नु पर्ने बताउनु भएको छ ।
रिपोर्टर्स क्लब नेपालको अगुवाईमा गएका पत्रकारहरुको टोलीसँगको भेटमा विजुक्छेले दलहरुसँग छलफल गरेर राष्ट्रपतिले आफ्नै नेतृत्वमा सरकार गठन गर्नु पर्ने धारणा राख्नुभयो ।
अहिले समन्वयकारी शक्तिको रुपमा मुलुकमा ‘मिटिङ पोईन्ट’ राष्ट्रपति भएको भन्दै उहाँले सहमति गर्न नसकने प्रधानमन्त्रीलाई घोक्रयाएर निकाल्नु पर्ने बताउनु भयो । प्रधानमन्त्री भट्टराई नेतृत्वको सरकार जति लामो समय रहन्छ त्यति नै मुलुकका लागि दुर्भाग्य हुने चेतावनी दिदै उहाँले त्यसबाट मुलुकलाई जोगाउने एक मात्र उपाय राष्ट्रपति शासन भएको जिकिर गर्नुभयो । नेमकिपाका अध्यक्ष विजुक्छेले भन्नुभयो-’राष्ट्रपति यसरी चुप लागेर बस्न मिल्दैन । अब कदम चाल्नु पर्छ ।’
संविधानसभा विघटन गराएर अध्यादेशबाट शासन सञ्चालन गर्ने र सत्ता कब्जा गर्ने रणनीतिका साथ माओवादी आगाडि बढेको दावी गर्दै उहाँले राष्ट्रपतिले हस्तक्षेप गर्नु पर्ने बताउनु भयो । उहाँले जनतालाई दुःख नदिने गरी बालुवाटार घेरेर प्रधानमन्त्रीलाई काम गर्न नदिन आब्हान गर्नुभयो ।
माओवादीलाई भारतको ‘ट्रोजन हर्स’को संज्ञा दिदै विजुक्छेले भारतको सहयोगमा जनयुद्ध गरेका माओवादीले अहिले पनि भारतकै हितमा काम गरिरहेको आरोप लगाउनु भयो । ‘जनयुद्धको बेला भारतबाट ट्रकमा हालेर हतियार ल्याएको ड्राईभरलाई मैले नै भेटेको थिए । प्रचण्डलाई भेटदा पहिलो पटक दिल्लीको संसद छेउकै होटलमा भारतीयहरुले नै भेटाएका थिए । दोस्रो पटक पन्जाबमा भेटिएका थिए’ नेमकिपा अध्यक्ष विजुक्छेले भन्नुभयो-’भारतको समर्थन नभएको भए प्रचण्ड त्यसरी बस्नै सक्दैन थिए ।’

Wednesday, 22 August 2012

अन्याय भयो' भन्दै खड्का जेल गए


काठमाडौं, भाद्र ६ - पूर्व गृहमन्त्री एवं कांग्रेस केन्द्रीय सदस्य खुमबहादुर खड्का बुधबार जेल चलान भएका छन् ।
सर्वोच्चले भ्रष्टाचारी फैसला गरेको एक सातापछि खड्का आफै अदालतमा उपस्थित भएर फैसला स्वीकार गरे । यद्यपी पूर्वमन्त्री खड्काले आफूमाथि अन्याय भएको पटक पटक दोहोर्‍याए । 'मलाई अन्याय भएको छ,' काठमाडौं जिल्ला अदालतमा धरौटीबापतको ७५ लाख ८९ हजार रुपैयाँ नगद बुझाएपछि जेल जानेबेला सञ्चारकर्मीसँग खड्काले भने ।
खड्काले सर्वोच्चको फैसलामा आफ्नो विमत्ति रहे पनि कानुनी राज्यलाई सम्मान गर्न आफैं अदालत आएको बताए । 'मेरो राजनीतिक भविष्य दुई न्यायाधीशको फैसलाले निर्धारण गर्दैन,' उनको भनाइ थियो, 'म तीन करोड जनताको फैसलामात्रै स्वीकार्छु ।'
खड्काले सर्वोच्चको फैसलाविरुद्ध हुने पुनरावलोकनमा आफूमाथि न्याय हुने विश्वास व्यक्त गरे । कार्यकर्ताको ठूलै दलबलसहित जिल्ला अदालत आएका उनले २० प्रतिशत धरौटी छुट कटाएर ७५ लाख ८९ हजार रुपैयाँ बुझाए । झोलामा नगद लिएरै उपस्थित उनले धरौटीको रकम जिल्ला जिल्लाका कार्यकर्ताले सहयोग दिएको उल्लेख गरे ।
३० साउनमा सर्वोच्चका न्यायाधीशद्वय कल्याण श्रेष्ठ र वैद्यनाथ उपाध्यायको इजलासले खड्कालाई भ्रष्टाचार गरेको अभियोगमा डेढ वर्ष कैद र ९४ लाख ७५ हजार रुपैयाँ जरिवाना, त्यही बराबरको बिगो र त्यसले बढेबढाएको सम्पत्ति जफत गर्ने फैसला गरेको थियो ।
धरौटीसहित खड्काले कैदमा पनि २० प्रतिशत छुट पाएका छन् । अदालतबाट फैसला भएको ६० दिनभित्र अभियुक्त स्वयं अदालतमा उपस्थित भए २० प्रतिशत सजाय माफी हुने कानूनी व्यवस्था छ । उनले १८ लाख ९४ हजार रुपैयाँ छुट पाएका छन् भने जेल पनि एक वर्ष २ महिना ९ दिनमात्रै बस्नुपर्नेछ । २०७० साल कात्तिक १४ गते खड्का रिहा हुनेछन् ।