ज्योतिषका अनुसार हस्तरेखा भविष्य जान्नको लागि सबैभन्दा उचित विद्या हो । हात हेरेर मानिसको भूत, भविष्य र वर्तमान जान्न सकिन्छ । साथै हातको बनावटको हेरेर मानिसको स्वभाव तथा उसको विचार पनि जान्न सकिने ज्योतिषहरु बताउँछन् । हस्तरेखाको अध्ययनमा हातको छोटा छोटा कुराले पनि गहिरो महत्व राख्दछ । जस्तो औलाको बनावट कस्तो छ ? भन्ने आधारमा त्यो व्यक्तिको स्वभाव अन्दाज लगाउन सकिन्छ ।
जान्नुहोस् तपाईको औलाले के बताउँछ ?
ज्योतिषका अनुसार तपाईको चोर औलाको तलको भाग, जसलाई गुरु पर्वत या गुरुको औला पनि भनिन्छ, ले व्यक्तिको नेतृत्व क्षमता, महत्वकांक्षा आदिको बारेमा जान्न सकिन्छ ।
