Wednesday, 7 November 2012

धेरै दिनमा आज आएछु है म

धेरै दिनमा आज आएछु है म
मनभरी खुशीहरु ल्याएछु है म ।

प्रतीक्षामा बस्दाबस्दै दिनहरु बित्यो
आज त तिम्रो साथ पाएछु है म ।

मनमा पनि रमाइलो छाउदैछ मेरो
गुनगुनाउदै गीत पो गाएछु है म ।

थाहाहै भएन यो मन्लाई के भयो
ख्यालख्यालमै माया पो लाएछु है म ।

रेशम श्रेष्ठ ।
हुवाश्-३, पर्वत