मेरो बुवा बद्री अधिकारी पेसाले कलाकार-निर्देशक भए पनि उहाँको आफ्नो विद्यालय पनि छ। बुवाले त्यसको व्यवस्थापन हेर्नुहुन्छ भने ममी त्यसको प्रिन्सिपल हुनुहुन्छ। अरूको तुलनामा हाम्रो विद्यालय अनुशासनमा निकै कडा मानिन्छ। प्रिन्सिपलदेखि सबै विद्यार्थी थर्कमान हुन्छन्। म त्यही विद्यालयकी विद्यार्थी भएकाले मलाई घरमै विद्यालयको अनुशासनका सम्बन्धमा सम्झाइन्थ्यो। म विद्यालयमा प्रिन्सिपल म्यामकी छोरी हुँ भन्नेसम्म बिर्सन्थे।
Saturday, 1 September 2012
लभलेटर/केकी अधिकारी (नायिका)
Thursday, 30 August 2012
आज एउटा मेरै गीत, गाउदैछु म
आज एउटा मेरै गीत, गाउदैछु म
लागेर तिम्रै पछिपछि, धाउदैछु म ।
खुशी छू धेरै पाएर साथ् तिम्रो
नजानेनी माया प्रिती, लाउदैछु म ।
थाहा थिएन अर्थ केही जीन्दगीको
तिमी आएर नयाँ जीवन,पाउदैछु म ।
खोज्दैछु तिम्रै खुसी भेटाउलानी भनी
संगै हिंड्ने बाटो हाम्रो, बनाउदैछु म ।
तड्पि बस्दा धेरैकुरा खेल्छ मनभरी
तिम्रो मेरो दुरी मेट्न, आउदैछु म ।
रेशम श्रेष्ठ
हुवाश्-३, पर्वत ।
खुशी छू धेरै पाएर साथ् तिम्रो
नजानेनी माया प्रिती, लाउदैछु म ।
थाहा थिएन अर्थ केही जीन्दगीको
तिमी आएर नयाँ जीवन,पाउदैछु म ।
खोज्दैछु तिम्रै खुसी भेटाउलानी भनी
संगै हिंड्ने बाटो हाम्रो, बनाउदैछु म ।
तड्पि बस्दा धेरैकुरा खेल्छ मनभरी
तिम्रो मेरो दुरी मेट्न, आउदैछु म ।
रेशम श्रेष्ठ
हुवाश्-३, पर्वत ।
Wednesday, 29 August 2012
तिम्रै लागि देवीदेउता भाकेर बसे
तिम्रै लागि देवीदेउता भाकेर बसे
तिम्रो चिनो रुमाल साथमा राखेर बसे ।
झल्को तिम्रो धेरैधेरै आउँदा मनभरी
तस्बिर तिम्रो यहि हातले छामेर बसे ।
सपनिमा आउछौ तिमी साथ जतिखेर
उज्यालो त्येही बिपनीलाई डाकेर बसे ।
हुन्छौ तिमी जतिखेरै मन्को मझेरीमा
तिम्रै लागि रहर मेरो साचेर बसे ।
मनमुटु तिम्रै नाममा अर्पेको छू मैले
देख्दिन तिम्रो गल्तिहरू राम्रै ठानेर बसे ।
रेशम श्रेष्ठ ।
हुवाश्-३, पर्बत ।
तिम्रो चिनो रुमाल साथमा राखेर बसे ।
झल्को तिम्रो धेरैधेरै आउँदा मनभरी
तस्बिर तिम्रो यहि हातले छामेर बसे ।
सपनिमा आउछौ तिमी साथ जतिखेर
उज्यालो त्येही बिपनीलाई डाकेर बसे ।
हुन्छौ तिमी जतिखेरै मन्को मझेरीमा
तिम्रै लागि रहर मेरो साचेर बसे ।
मनमुटु तिम्रै नाममा अर्पेको छू मैले
देख्दिन तिम्रो गल्तिहरू राम्रै ठानेर बसे ।
रेशम श्रेष्ठ ।
हुवाश्-३, पर्बत ।
Monday, 27 August 2012
संसारलाई उज्यालो दिन आफै बलेर के पायौ

दुनियालाई खरानी बनाउन आफै जलेर के पायौ ।
सुन्दर यो संसारको महत्व बुझिनौ तिमिले
आफ्नै समस्या लुकाएर सबैलाई छलेर के पायौ ।
जीवन एउटा फूल हो फुलाउनु पर्छ सबैले
सानो बोट तिमी एउटा आफै ढलेर के पायौ ।
हिड्नु थियो धेरै लामो बाटो जिन्दगीको
आधी बाटो नहिड्दै बिचैमा चलेर के पायौ ।
रेशम श्रेष्ठ
हुवाश - ३, पर्वत ।
आफ्नो हात हेर्नुस्, भाग्य जान्नुहोस्

जान्नुहोस् तपाईको औलाले के बताउँछ ?
ज्योतिषका अनुसार तपाईको चोर औलाको तलको भाग, जसलाई गुरु पर्वत या गुरुको औला पनि भनिन्छ, ले व्यक्तिको नेतृत्व क्षमता, महत्वकांक्षा आदिको बारेमा जान्न सकिन्छ ।
Sunday, 26 August 2012
एसएमएस अरूले हेर्लान् नि !
काठमाडौं, भाद्र ११ - मोबाइलबाट एसएमएस गरी कुनै गोप्य सन्देश आदानप्रदान गर्न थाल्नु भएको छ भने एकचोटि सोच्नुस् । तपाईंको सन्देशको गोपनीयता नरहन सक्छ । तपाइर्ंले सेयर गर्नु भएको खबर थाहा पाउन नहुनेकहाँ पुग्न कत्ति बेर छैन ।
न्यायाधीश रणबहादुर बम हत्याको अनुसन्धान गर्न बनाइएको टोलीले ५ लाखवटा फोनको कल डिटेल र ३० हजारवटाको एसएमएस डिटेल लिएको थियो । प्रहरीले बम हत्याको कुनै सुराक पत्ता लगाउन नसकेपछि यसरी ठूलो संख्यामा कल/ एसएमएस डिटेल रिपोर्ट (सीडीआर) लिएको थियो । तर पनि प्रहरीले बम हत्याको त छेउटुप्पो थाहा पाउन सकेको छैन । तर एसएसएम डिटेलमा आदानप्रदान भएका सन्देश केही प्रहरीका लागि मनोरन्जन गर्ने साधन भएको छ । बेलुकीपख वरिष्ठ अधिकृतहरू कार्यालयबाट बाहिरिएपछि प्रहरी कनिष्ट अधिकृतहरू महानगरीय प्रहरी आयुक्तको कार्यालयमा बनाइएको अनुसन्धान कक्षमा जम्मा भएर एसएमएस पढ्छन् । सम्बद्ध स्रोतका अनुसार प्रेम र यौन सम्बन्धसँग जोडिएका एसएमएस सन्देश खुवै पढिने गरेको छ । यसबाहेक व्यापारिक डिल पनि रोचक हुने गरेको छ ।
Subscribe to:
Posts (Atom)