Monday, 27 August 2012

आफ्नो हात हेर्नुस्, भाग्य जान्नुहोस्


ज्योतिषका अनुसार हस्तरेखा भविष्य जान्नको लागि सबैभन्दा उचित विद्या हो । हात हेरेर मानिसको भूत, भविष्य र वर्तमान जान्न सकिन्छ । साथै हातको बनावटको हेरेर मानिसको स्वभाव तथा उसको विचार पनि जान्न सकिने ज्योतिषहरु बताउँछन् । हस्तरेखाको अध्ययनमा हातको छोटा छोटा कुराले पनि गहिरो महत्व राख्दछ । जस्तो औलाको बनावट कस्तो छ ? भन्ने आधारमा त्यो व्यक्तिको स्वभाव अन्दाज लगाउन सकिन्छ । 

जान्नुहोस् तपाईको औलाले के बताउँछ ?
ज्योतिषका अनुसार तपाईको चोर औलाको तलको भाग, जसलाई गुरु पर्वत या गुरुको औला पनि भनिन्छ, ले व्यक्तिको नेतृत्व क्षमता, महत्वकांक्षा आदिको बारेमा जान्न सकिन्छ । 


माझी औला वा बीचको औला, जसलाई शनीको औला पनि भनिन्छ, यस औलाको सबैभन्दा माथिको भाग चमकदार छ भने त्यो व्यक्ति प्रभावशाली वक्ता हुन्छ । 

साइली औला (रिंग फिगर), जसलाई सुर्यको औला पनि भनिन्छ, यो औलाको बिचको भाग ठूलो छ भने सो व्यक्ति जोखिम उठाउने खालको हुन्छ । चोर औलासँग यो औला बराबर छ भने सो व्यक्ति मानसम्मान तथा धनसम्पति कमाउने तिब्र इच्छा हुने खालको हुन्छ । 

कान्छि औला, जसलाई बुधको औला पनि भनिन्छ, यो औला हेरेर मानिसको बुद्धि तथा कार्यक्षमताको विचार गर्न सकिन्छ । 

No comments:

Post a Comment