तिमिलाइनै यो मनले चाहेर, त रोजे

हर सपनिमा तिमिनै धाएर, त रोजे ।
सयेउ हजारौं थिए मेरो नजरमा पनि
तिमिसंगै दिलले माया लाएर, त रोजे ।
कहाँ सकिन्छ र यहाँ एकलै जिउनलाई
तिम्रै त्यही न्यानो साथ् पाएर, त रोजे ।
मिठो लाग्दैछ झन्झन् यो माया कस्तो
नअघाउने कहीले पनि खाएर, त रोजे ।
साथ मायालुको भएर त बाच्ने मन हुन्छ
ढुक्ढुकीमा जहिलेसुकै आएर, त रोजे ।
बस्नै गाह्रो एकछिन पनि बिना तिम्रो याद
तनभरी मनभरी जताततै छाएर, त रोजे ।
रेशम श्रेष्ठ
हुवाश्-३,पर्वत